वरिष्ठ नेता पौडेल तनहुँ-१ बाट सिफारिस « Khabarhub

वरिष्ठ नेता पौडेल तनहुँ-१ बाट सिफारिस


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । पार्टीको तनहुँ जिल्ला कार्य समितिको आज बसेको बैठकले उनलाई सो स्थानबाट उम्मेदवार हुन सिफारिस गरेको हो ।

यसैगरी सोही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शङ्कर भण्डारीलाई पनि सिफारिस गरिएको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए। यसैगरी समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का सिफारिस भएका छन्।यसैगरी क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, डोवाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलको नाम सिफारिस गरिएको छ ।

प्रदेश (ख) तर्फ डम्बरबहादुर अधिकारी, दीपक भट्टराई, रामचन्द्र अधिकारी र अर्जुन अधिकारीको नाम सिफारिस गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस भएका छन्।

प्रदेश (क) प्रत्यक्षमा प्रा डा कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा शेषरमण न्यौपाने र यामबहादुर खाँण ठकुरी सिफारिस भएका छन् । प्रदेश (ख) तर्फ मिलन आले, चुडामणि खनाल, मोहन गिरी, दुर्गबहादुर राना, इन्द्रबहादुर आले र जीवन चन्द ठकुरी सिफारिस भएका छन्।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : २३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन