थारु विद्यार्थीलाई मन्त्री चौधरीको प्रश्न– के बाहुन/क्षेत्रीले अभाव झेलेका छैनन् ? « Khabarhub

थारु विद्यार्थीलाई मन्त्री चौधरीको प्रश्न– के बाहुन/क्षेत्रीले अभाव झेलेका छैनन् ?


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहरी विकास मन्त्री मेटमणि चौधरीले थारुहरूले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने बताएका छन् ।

राजधानीमा शनिवार आयोजित एसइईमा उत्कृष्ट अंक ल्याउन सफल थारु विद्यार्थीहरूको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।

‘हामीले जहिले दुःखका कुरा गर्‍यौँ । अभावका कुरा गर्‍यौँ  । जाँड खाएर आफू बिग्रिएका कुरा गर्‍यौँ  । के बाहुनले अभाव झेलेका छैनन् ? के क्षेत्रीले दुःख खेपेका छैनन् ? के जाँड अरूले खाँदैनन् र ?,’ मन्त्री चौधरीले भने, ‘मुख्य कुरा कमिटमेन्ट हो । आँट हो । हिम्मत हो । तसर्थ अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्छ ।’

देश बदल्ने हरेक आन्दोलनमा झापादेखि कञ्चनपुरसम्मका थारुहरूले योगदान गरेका छन् तर पनि किन नेतृत्वमा आएनन् भनेर सोच्ने बेला आएको उनले बताए ।

‘२०४६ साल पछाडि राजनीति बदलिएको छ । थारु जाती अब भोट बैंक मात्र बन्ने होइन । प्रत्यक्ष राजनीतिमा सामेल हुने हो । राजनीतिमा आउन गाह्रो छ । सानो पदमा रहँदा सबैले माया गर्छन् तर अलि माथि पुगेपछि घेराबन्दी गर्न थाल्छन् । तर पनि देश बदल्ने शक्ति राजनीतिमै छ । देश बनाउने अभियानमा थारु जाती थप सक्रिय हुनै पर्छ,’ मन्त्री चौधरीले भने ।

०६२/६३ मा मुलुक विखण्डन गर्ने अभियानका विरुद्ध थारु समुदायले प्रतिरोध गरेको जनाउँदै उनले अबको १० वर्षभित्र मुलुकले थारु समुदायबाटै प्रधानमन्त्री पाउने दाबी समेत गरे । हिम्मत र संघर्षबाटै अब्रहाम लिङ्कन, अरुणिमा सिंह, झमककुमारी प्रसिद्ध बनेको बताउँदै उनले बहिस्कृत मान्छेहरू नै अगाडि बढ्नुपर्ने जनाए ।

थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा थारु आयोगकी सदस्य शान्ती मोदी, सुरुंगा नगरपालिकाकी मेयर गिता चौधरी, नेपाल आदिवासी विद्यार्थी महासंघका बरिष्ठ उपाध्यक्ष दिनेश लोप्चन तामाङ, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सभापति सुमन चौधरी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा एसइईमा विशिष्ट श्रेणी ल्याउने थारु समुदायका करिब दुई दर्जन विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजीकरण थारु विद्यार्थी समाजका सचिव रोशन रत्गैँयाले गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ५६ बजे

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन