थारु विद्यार्थीलाई मन्त्री चौधरीको प्रश्न– के बाहुन/क्षेत्रीले अभाव झेलेका छैनन् ? « Khabarhub

थारु विद्यार्थीलाई मन्त्री चौधरीको प्रश्न– के बाहुन/क्षेत्रीले अभाव झेलेका छैनन् ?


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहरी विकास मन्त्री मेटमणि चौधरीले थारुहरूले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने बताएका छन् ।

राजधानीमा शनिवार आयोजित एसइईमा उत्कृष्ट अंक ल्याउन सफल थारु विद्यार्थीहरूको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।

‘हामीले जहिले दुःखका कुरा गर्‍यौँ । अभावका कुरा गर्‍यौँ  । जाँड खाएर आफू बिग्रिएका कुरा गर्‍यौँ  । के बाहुनले अभाव झेलेका छैनन् ? के क्षेत्रीले दुःख खेपेका छैनन् ? के जाँड अरूले खाँदैनन् र ?,’ मन्त्री चौधरीले भने, ‘मुख्य कुरा कमिटमेन्ट हो । आँट हो । हिम्मत हो । तसर्थ अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्छ ।’

देश बदल्ने हरेक आन्दोलनमा झापादेखि कञ्चनपुरसम्मका थारुहरूले योगदान गरेका छन् तर पनि किन नेतृत्वमा आएनन् भनेर सोच्ने बेला आएको उनले बताए ।

‘२०४६ साल पछाडि राजनीति बदलिएको छ । थारु जाती अब भोट बैंक मात्र बन्ने होइन । प्रत्यक्ष राजनीतिमा सामेल हुने हो । राजनीतिमा आउन गाह्रो छ । सानो पदमा रहँदा सबैले माया गर्छन् तर अलि माथि पुगेपछि घेराबन्दी गर्न थाल्छन् । तर पनि देश बदल्ने शक्ति राजनीतिमै छ । देश बनाउने अभियानमा थारु जाती थप सक्रिय हुनै पर्छ,’ मन्त्री चौधरीले भने ।

०६२/६३ मा मुलुक विखण्डन गर्ने अभियानका विरुद्ध थारु समुदायले प्रतिरोध गरेको जनाउँदै उनले अबको १० वर्षभित्र मुलुकले थारु समुदायबाटै प्रधानमन्त्री पाउने दाबी समेत गरे । हिम्मत र संघर्षबाटै अब्रहाम लिङ्कन, अरुणिमा सिंह, झमककुमारी प्रसिद्ध बनेको बताउँदै उनले बहिस्कृत मान्छेहरू नै अगाडि बढ्नुपर्ने जनाए ।

थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा थारु आयोगकी सदस्य शान्ती मोदी, सुरुंगा नगरपालिकाकी मेयर गिता चौधरी, नेपाल आदिवासी विद्यार्थी महासंघका बरिष्ठ उपाध्यक्ष दिनेश लोप्चन तामाङ, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सभापति सुमन चौधरी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा एसइईमा विशिष्ट श्रेणी ल्याउने थारु समुदायका करिब दुई दर्जन विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजीकरण थारु विद्यार्थी समाजका सचिव रोशन रत्गैँयाले गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ५६ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित