गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै : मुख्यमन्त्री पोखरेल « Khabarhub

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै : मुख्यमन्त्री पोखरेल


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै गएको बताएका छन् । आइतबार शाखा अधिकृतस्तरका कर्मचारीको सेवाकालीन तालिमको सुरुवात कार्यक्रममा उहाँले प्रतिष्ठानको छुट्टै महत्त्व रहेको बताए ।

प्रतिष्ठानले आइएसओ प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले आज नै आइएसओ प्रमाणपत्र सार्वजनिक गरे। प्रमाणपत्रले अरु प्रदेशको प्रतिष्ठानभन्दा गण्डकी अब्बल रहेको उनले सुनाए ।

यहाँ बनेको पाठ्यक्रम अन्य प्रदेशका प्रशिक्षण प्रतिष्ठानले प्रयोग गरेकाले सुरुवाती समयमा नै फरक खालको क्षमता प्रदर्शन गर्न सफल भएको उनको भनाइ थियो । प्रदेश सरकार केन्द्र सरकारसँगको अधिकारको लडाईंमा काम गरिरहे पनि प्रतिष्ठानले प्रदेशलाई चिनाउने काम गरेकामा उनले खुसी व्यक्त गरे । आगामी दिनमा अझै राम्रा काम गर्नका लाग मुख्यमन्त्री पोखरेलले सुझाव दिए।

कार्यक्रममा गण्डकीका प्रमुख सचिव रविलाल पन्थ र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशलाई चिनाउने काममा प्रतिष्ठानले पुलको काम गरिरहेको बताए ।

सोही अवसरमा प्रतिष्ठानले अन्तर तहसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थापनाको ३१ महिनामा प्रदेश र स्थानीय सरकारको पुलका रूपमा काम गरेको बताए। विषेश गरी प्रतिष्ठानले प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएको उनले जानकारी दिए। पहिलो वर्ष चार हजार नौ सय २७ र दोस्रो वर्ष छ हजार आठ सय ८७ जना कर्मचारी तथा जनप्रतिनिधि प्रशिक्षित भएको उनले बताए।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ८ : १० बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई