मिर्गौला प्रत्यारोपणका लागि अनुमति कुर्दै कर्णाली प्रदेश अस्पताल | Khabarhub Khabarhub

मिर्गौला प्रत्यारोपणका लागि अनुमति कुर्दै कर्णाली प्रदेश अस्पताल


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ । प्रदेश अस्पतालले ०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको छ ।

मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालले ६ जना चिकित्सकलाई तालिम दिएर सेवा सञ्चालनका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि अहिले काठमाडौँ जानु परिरहेको छ । विभागबाट स्वीकृत पाए लगत्तै सबै व्यवस्थापन तथा जनशक्ति तयारी भएर बसेकाले काम सुरु हुने डाक्टर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ८ : ४४ बजे

लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको पहिलो हाफमा नेपालले

फिल्म ‘सिटमोल’को टिजर : ‘रोल्पालीलाई सिटामोल नै सुन हजुर’

काठमाडौं – नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष

अब धनीका बच्चालाई निजी स्कूल, गरिबलाई सार्वजनिक !

काठमाडौँ – लामो समयको रस्साकस्सीपछि शनिबार संसदको शिक्षा, स्वास्थ्य तथा

स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न फ्याकल्टी एशोसियसनको माग 

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको फ्याकल्टी एशोसियसनले एकीकृत स्वास्थ्य विज्ञान