करेन्ट लागेर विद्युत् प्राधिकरणका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु  « Khabarhub

करेन्ट लागेर विद्युत् प्राधिकरणका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ ।

विगत आठ/नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा विद्युत् मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रशारण लाइनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए ।

करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप उपचारका लागि अन्य लैजाने तयारी हुँदाहुँदै राईलाई मृत घोषणा गरिएको थियो ।

अवरुद्ध विद्युत् सुचारु गराउन र जलेको ट्रान्सफर्मर हेर्नका लागि राई सहित चार प्राविधिकको टोली बुईपा छापगाउँ पुगेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

‘काम गर्दागर्दै करेन्ट लागेको होइन । काम सकेर विद्युत् चालु भएपछि भर्‍याङ बोकेर हिँड्नेक्रममा भर्‍याङले हाइटेन्सन छुन पुग्दा करेन्ट लागेको हो,’ प्रमुख रेग्मीले भने, ‘विद्युत् मर्मत गर्न र जलेको ट्रान्सफर्मर हेर्न चार जना कर्मचारी खटिएको थियो ।’

करेन्ट लाग्दा २४ घण्टा नपुग्दै जिल्लाका दुई जनाले ज्यान गुमाएका छन् । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर जम्पर जोड्नेक्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको शनिबार राती मृत्यु भएको थियो ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ८ : ५८ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री