मूल्यवृद्धिको विरोधमा भारतीय कांग्रेस सडकमा, मोदीविरुद्ध खनिए राहुल  « Khabarhub

मूल्यवृद्धिको विरोधमा भारतीय कांग्रेस सडकमा, मोदीविरुद्ध खनिए राहुल 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – इन्धनको मूल्य वृद्धि र बढ्दो बेरोजगारीको विरोधमा भारतीय कंग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

विपक्षी नेता राहुल गान्धीको नेतृत्वमा हजारौँ भारतीयहरूले सरकारविरोधी प्रदर्शन गरेका हुन् । नेता राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जनताका समस्याहरू सम्बोधन गर्न असफल भएको आरोप लगाएका छन् ।

गान्धीले मोदीले साना तथा मझौला उद्योग र गरिब किसान र मजदुरहरूको खर्चमा ठूला व्यापारिक समूहहरूलाई फाइदा पुर्‍याउने नीतिहरू अवलम्बन गरेको आरोप लगाए ।  बेरोजगारी र मूल्यवृद्धिबाट मानिसहरू प्रभावित भइरहेका उनले सुनाए ।

‘मोदीजीले कांग्रेसले ७० वर्षमा के गर्‍यो भनेर प्रश्न गर्छन्’, राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा सम्बोधन गर्दै उनले भने, ‘सत्तरी वर्षमा कांग्रेसले देशमा यस्तो मूल्यवृद्धि गरेको छैन ।’

उनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को हिन्दू–मुस्लिम ध्रुवीकरणको नीतिको प्रसंग उठाउँदै  सरकारले भय र घृणाको वातावरण सृजना गरेर देशलाई कमजोर बनाउँदै लगेको आरोप पनि लगाए । उनले संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को पनि आलोचना गरे । राहुलले भने, ‘हिन्दू सर्वोच्चतावादी संगठन राष्ट्रिय स्वयंसेवक संघ भाजपाको वैचारिक आदर्श हो ।’

आठ वर्षअघि मोदी सत्तामा आएदेखि पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र गहुँजस्ता अत्यावश्यक खाद्यवस्तुको मूल्य ४० देखि १७५ प्रतिशतले बढेको उनले जनाए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : ३८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्