भारतीय स्थल सेना प्रमुख पांडेले आज नेपाली सेनाको ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न पाउने | Khabarhub Khabarhub

भारतीय स्थल सेना प्रमुख पांडेले आज नेपाली सेनाको ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न पाउने


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दिने नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाका प्रमुख मनोज पांडेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न पाउने भएका छन्।

शीतलनिवासमा दिउँसो ३ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पांडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

त्यसअघि पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ ।

पाँच सदस्यीय टोलीका साथ हिजो काठमाडौँ आइपुगेका पांडेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग घोषणा गर्ने तयारी रहेको नेपाली सेनाले जनाएको छ।
साँझ जंगीअड्डामा पाण्डेको सम्मानमा रात्रिभोज कार्यक्रम छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : ५८ बजे

लाओसविरुद्ध नेपाल ५–० ले अगाडि

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ५–०

ईश्वर पोखरेललाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी

बुङ्गल हाइड्रोको आईपीओ आउने 

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ) का लागि

लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको पहिलो हाफमा नेपालले