राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने « Khabarhub

राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैंक रु एक अर्ब ६० करोड, ख वर्गका बैंकले रु ३० करोड र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

बैंकले यही भदौ २२ गते राति १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेलगायतका शर्त राखिएको छ ।

 केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभाग अवकाश कोष इकाइले तोकिएको शर्त पूरा गरेर आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  २ : २० बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक