शिक्षामन्त्री पौडेल बागलुङका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस | Khabarhub Khabarhub

शिक्षामन्त्री पौडेल बागलुङका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गलकोट- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन्।

बागलुङमा दुई सङ्घीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि उनी जिल्लाको दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका हुन्। मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पौडेलको स्थायी घर बागलुङ क्षेत्र नम्बर १ मा पर्दछ ।

नेकपा (माओवादी केन्द्र) बागलुङका अनुसार बागलुङ क्षेत्र नम्बर १ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरिएको माओवादी केन्द्र बागलुङका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिइन् ।

उनका अनुसार बागलुङ क्षेत्र नम्बर २ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको नामसमेत सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्रका हिसाबले क्षेत्र नम्बर २ ले र भूगोलका हिसाबले क्षेत्र नम्बर १ ले सिफारिस गरेको हो ।  यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का लागि दुई जनाको नाम सिफारिस गरिएको छ ।

उक्त प्रदेशसभा सदस्यका लागि यज्ञवल्लभ शर्मा र चक्रपाणी कंडेल सिफारिस भएका हुन् । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा कुलचन्द्र शर्माको नाम सिफारिस गरी पठाइएको जिल्ला इन्चार्ज शर्माले बताइन्।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क र ख का लागि उम्मेदवारहरूको नाम सिफारिसका लागि छलफल भइरहेको माओवादी केन्द्र बागलुङले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : ०१ बजे

एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु

काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शुक्रबार काठमाडौंमा

भौतिक पूर्वाधारमन्त्रीको एक वर्ष : १०५ वटा पक्की पुल र १० वटा बेलीबृज जडान

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ 

नयाँदिल्ली– बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन

शेखरको सक्रियताबारे अमरेश भन्छन्- ओली नेतृत्वको गठबन्धन ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार नेकपा (माओवादी