प्रकोप व्यवस्थापनमा चुकेको भन्दै पाकिस्तानमा सरकारविरोधी प्रदर्शन « Khabarhub

प्रकोप व्यवस्थापनमा चुकेको भन्दै पाकिस्तानमा सरकारविरोधी प्रदर्शन


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारी वर्षासँगैको बाढी र पहिरो जस्ता प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको भन्दै पाकिस्तानमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तका विद्यार्थीहरुले सरकारले प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको भन्दै विद्यार्थीहरुले प्रदर्शनको आयोजना गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

डनका अनुसार पञ्जाब प्रान्तका डेरा गाजी खान र रञ्जनपुर जिल्लामा विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन् ।

प्रदर्शनमा पञ्जाब विश्वविद्यालय र किङ एडवर्ड चिकित्सा विश्वविद्यालयका विद्यार्थीहरु सहभागी रहेको जनाइएको छ ।

पाकिस्तानमा आएको बाढीबाट हालसम्म १३ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने अरु लाखौँ मानिसहरु प्रभावित भएका छन् । पाकिस्तान सरकारले बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : ४३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र