विश्व इतिहासमा आजः अमेरिकी महिलाको मतदानदेखि भिक्टोरिया जहाजको विश्व परिक्रमासम्म « Khabarhub

विश्व इतिहासमा आजः अमेरिकी महिलाको मतदानदेखि भिक्टोरिया जहाजको विश्व परिक्रमासम्म


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल भदौ २१ गते मंगलबार। सन् २०२२ को सेप्टेम्बर ६ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रममध्ये केही घटनाक्रम यस्ता छन्।

– सन् २००७ सेप्टेम्बर ६ मा इजरायलले ‘ओपरेशन ओर्किड’ नामक सैन्य कारवाही सञ्चालन गरेको थियो। सिरियाको डिएर एज–जोर क्षेत्रमा रहेको भनिएको शंकास्पद आणविक रियाक्टर विनाश गर्न इजरायली वायु सेनाले सो सैनिक अपरेशन सुरु गरेको थियो।

– सन् १९९९ सेप्टम्बर ६ मा सुआई चर्च नरसंहार भएको थियो। पूर्वी टिमोरको सुआईमा भएको नरसंहारका क्रममा एक चर्चमा शरण लिएका २०० भन्दा धेरै मानिस मारिएका थिए।

– सन् १९९१ सेप्टेम्बर ६ मा तत्कालीन सोभियत संघको दोस्रो ठूलो सहर लेनिनग्रादको नाम सेन्ट पिटर्सबर्ग परिवर्तन गरिएको थियो। सन् १९२४ अगाडिसम्म पनि सो सहरलाई सेन्ट पिटर्सबर्गले नै चिनिन्थ्यो।

– सन् १९६८ सेप्टेम्बर ६ मा अफ्रिकी मुलुक स्वाजिल्याण्डले बेलायतबाट पूर्ण रुपमा स्वतन्त्रता प्राप्त गरेको थियो। सन् १९०२ यता स्वाजिल्याण्डमाथि बेलायती शासन रहेको थियो।

– सन् १८७० सेप्टेम्बर ६ मा संयुक्त राज्य अमेरिकामा एक महिलाले पहिलो पटक मतदान गरेकी थिइन्। अमेरिकाको वायोमिङ प्रान्तमा भएको निर्वाचनमा मतदान गर्दै लुइसा एन स्वेन अमेरिकाको नै मतदान गर्ने पहिलो महिला बनिन्।

– सन् १५२२ सेप्टेम्बर ६ मा भिक्टोरिया विश्व परिक्रमा गर्ने पहिलो जहाज बनेको थियो। सन् १५१९ सेप्टेम्बर २० मा फर्डिनान्ड मेजेलनको नेतृत्वमा यात्रा सुरु गरेको सो स्पेनिस जहाजको उद्देश्य पश्चिमी गोलाद्र्धबाट पूर्वी गोलाद्र्धमा रहेको ‘मसला टापु’ सम्म पुग्नु रहेको थियो।

 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : ०६ बजे

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले