उपत्यकामा एकै दिन ३८ सय सवारी चालकमाथि कारबाही  | Khabarhub Khabarhub

उपत्यकामा एकै दिन ३८ सय सवारी चालकमाथि कारबाही 


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ८ सय जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १५६, लेन अनुशासन पालना नगर्ने १३५, रेड लाइटमा सवारी साधन चलाउने ९५, निषेधित क्षेत्रमा हर्न बजाउने २४१, नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।

यस्तै ३ हजार १४१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ५१ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

आज २०८२ साल असार १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको