पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने संसदमा माग  « Khabarhub

पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने संसदमा माग 


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने संसदमा आवाज उठेको छ ।

आफ्नो जिम्मेवारी पालना गर्दा सुरक्षा गार्डलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विषयलाई लिएर मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिएको हो ।

बैठकको शून्य समयमा बोल्दै डा. विमला राई पौडेलले जनताले तिरेको करबाट तलब भत्ता खाने शासक नभएर सेवक रहेको भन्दै मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी हुन् ।

‘जनताले तिरेको करबाट सेवा सुविधा लिने हामी जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री र सरकारका सबै अंगहरु जनताका सेवक हुन्, शासक होइनन् । दुई दिन अगाडि एक जना विद्यमान मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा एउटा गार्डमाथि गरेको अमानवीय व्यवहार एकदमै अस्वीकार्य छ,’ उनले बैठकमा भनिन्, ‘उहाँले (मन्त्री श्रेष्ठ) सार्वजनिक रूपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ, तर सार्वजनिक रूपमा भने माफी माग्नुपर्छ ।’

आफूहरू शासक नभएर सेवक रहेको स्थापित गर्न पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनको माग छ ।

‘हामीहरू सेवक हौँ, शासक होइनौँ । यो कुरालाई स्थापित गर्नुपर्छ । यो एक जना गार्ड र एक जना मन्त्रीको कुरा मात्र होइन, विधिको शासन, विधि बनाउने हामी, विधि उल्लंघन गर्ने हामी, विधि उल्लंघन गर्न नदिँदा श्रमिकलाई पाँच दिन थुनामा राख्ने पनि हामी, यो असाध्यै भएन । यसप्रति सरकारको ध्यान तुरुन्तै जाओस् । मन्त्रीले पनि माफी माग्नुपर्छ भन्ने पनि माग गर्छु,’ उनले भनिन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  २ : १९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको