सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको छ : अध्यक्ष नेपाल « Khabarhub

सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको छ : अध्यक्ष नेपाल


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताएका छन्।

मंगलबार काठमाडौँमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताएका हुन् ।

उनले सिटको बाँडफाँटको विषय कति सम्भव वा छैन भन्ने बारेमा पनि प्रश्न उठेको उल्लेख गरे । स्थानीय निर्वाचनमा आफ्नो पार्टीले नौ लाख जनताको समर्थन पनि हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा समानुपातिक तर्फ सबै स्थानमा उम्मेदवारी दिने धारणा राखे ।

उनले आगामी निर्वाचनमा कलम चिन्हलाई विजयी गराउनका लागि जिल्ला जिल्लामा परिचालित हुन निर्देशन पनि दिए।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ३ : १० बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि