नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस « Khabarhub

नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ ।

हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिए।

समितिले प्रयाप्त सिचाइँ, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।

यस अघि कृषि वैज्ञानिक सहितको टोलीले सो क्षेत्रमा कोशेबालीको खेती गर्न सुझाव समेत दिएको थियो । नरैनापुर गाँउपालिकाले आफ्नो क्षेत्रलाई यस अघि सुख्खा क्षेत्र घोषणा गरेको थियो । गाउँपालिकाको बैठकले पर्याप्त सिंचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुख्खा क्षेत्र घोषणा गरेको जनाएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ७ : ०७ बजे

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम