एप्पल स्मार्टवाचले बिरामीको ज्यान जोगायो « Khabarhub

एप्पल स्मार्टवाचले बिरामीको ज्यान जोगायो


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान डिएगो– अमेरिकामा एप्पलको स्मार्ट घडीले एक रोगीको ज्यान जोगाएको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरमा रेष्टुरेन्टमा गएका व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि डाक्टरले आफ्नो एप्पल वाच सिरिज ४ को सहयोगमा बिरामीको शरीरमा भएको आर्टरी आइब्रिलेशन (ए–फिब) पत्ता लगाएका थिए ।

बिरामीको ज्यान जोगाउने डा. टोमी कोर्न सान डिएगो शहरमा नेत्र रोग विशेषज्ञका रुपमा कार्यरत रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ए–फिब भएका व्यक्तिको मुटुको चाल अस्थीर हुने तथा शरीरमा रगतको मात्रा असन्तुलित हुने बताइन्छ ।

एक रेष्टुरेन्टमा भएका बेला बिरामीको स्वास्थ्यमा एककासी समस्या आएपछि सोही रेष्टुरेन्टमा रहेका डाक्टरले एप्पल वाचको प्रयोग गरी बिरामीको शरीरमा मुटुको चाल जाँच गरेका थिए । जाँचपछि उनलाई ए फिब भएको पत्ता लागेको थियो ।

एप्पल वाचमा भएको इसीजीजस्तो प्रविधिले मानिसको शरीरमा मुटुको धड्कन जाँच गर्न सक्छ । र ए फिबबारे नोटिफिकेसन पठाउन सक्छ ।
इसीजी प्रविधि भएको एप्पल वाच ४ हाल युरोप अमेरिका र हंकङमा उपलब्ध छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : ४७ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट