कोरोनाका बावजुद नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : स्वास्थ्य राज्यमन्त्री केसी | Khabarhub Khabarhub

कोरोनाका बावजुद नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : स्वास्थ्य राज्यमन्त्री केसी


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले कोरोना महामारीका बीचमा पनि नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल बताएका छन् ।

भुटानमा विश्वस्वास्थ्य सङ्गठन क्षेत्रीय समितिको दक्षिणपूर्व एशियाको ७५ औँ अधिवेशनमा उनले सम्बोधन क्रममा बहुजोखिमका जनस्वास्थ्यका आकस्मिक अवस्थालाई सामना गर्न सक्षम स्वास्थ्य क्षेत्र तयार गर्नका लागि धेरै लगानी तथा मेहनत गर्नुपर्ने बताए ।

उनले नेपालले दादुरा रुबेला तथा औलो रोगको निवारणको लक्ष्य प्राप्तितर्फ उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै स्वास्थ्य क्षेत्रको मानवस्रोत, स्वास्थ्य क्षेत्रको वित्तीयकरण, नसर्ने रोगका लागि बहुक्षेत्रीय कार्ययोजनालगायत नीतिगत सुधारका कदमसमेत चालेका उल्लेख गरे ।

उनले सन् २०२१ मा कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम लागू गर्ने यस क्षेत्रकै अग्रणी राष्ट्रमध्ये नेपाल पर्न सफल भएको समेत बताए ।

आकस्मिक अवस्थामा समेत अत्यावश्यक स्वास्थ्य सेवालाई सञ्चालन राख्न वैकल्पिक सेवा प्रवाहका माध्यम तथा सञ्जाल अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो । स्वास्थ्य राज्यमन्त्री केसी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ४० बजे

विद्युतीय सामग्रीको व्यापार घट्यो

चितवन– नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने

माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत

बालेनसामु वडाध्यक्षले भने, ‘सिंहदरबार जल्दा रमिते बन्यौँ, पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरले लिनुपर्छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा सिंहदरबार जलेको विषय

एमाले बैठकमा ठाकुर गैरेले भने- यही बैठकबाट नेतृत्व हस्तान्तरण गरेर जाऊँ

काठमाडौं– पूर्व सांसद तथा केन्द्रीय सदस्य ठाकुर गैरेले एमालेको बैठकमा

मनै लोभ्याउने अस्ट्रेलियन बेस क्याम्प (तस्बिरहरू)

काठमाडौं– कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अस्ट्रेलियन बेस क्याम्प छोटो