सत्ता गठबन्धन कार्यदलले आज सिट बाँडफाँट सम्बन्धी प्रतिवेदन बुझाउने | Khabarhub Khabarhub

सत्ता गठबन्धन कार्यदलले आज सिट बाँडफाँट सम्बन्धी प्रतिवेदन बुझाउने

बिहान ९ बजे कार्यदल बैठक बस्दै


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच दलीय सत्तागठबन्धनको कार्यदलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक बसेपछि प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको हो । कार्यदलको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीबार बिहान बैठक बसेपछि शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनको भनाइ छ ।

दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गर्दै सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ । कार्यदलको बैठक बिहीबार बिहान ९ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको सचिव पुरीले जानकारी दिए ।

गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन रहेका छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदलमा सदस्य छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ६ : २३ बजे

पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक

पर्वत– जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल

बहुप्रतिक्षित ट्रम्प–पुटिन भेटवार्ता : अलास्का नै किन ?

काठमाडौं– क्यानाडाको यूकोन टेरिटोरीबाट पश्चिमतर्फ उत्तरी प्रशान्त महासागरको तटमा अमेरिकाको

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले १७ प्रतिशत लाभांश दिन तय गर्‍यो बुल क्लोज मिति  

काठमाडौं– सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले आर्थिक वर्ष २०८१/८२ को

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्छन् शेरबहादुर

गलेश्वर– बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र