मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ  | Khabarhub Khabarhub

मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ 


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध १६० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौँडातर्फ आउँदै गरेको बा.२० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेको थियो ।

बागझोरा पुगेपछि प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला पारी चालक टेक बहादुरलाई पक्राउ गरेको हो । कारमा सवार हाल फरार अन्य एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १२ : ३२ बजे

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत)

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शान्ति पुनस्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

बाँके– मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्थापना गृह

दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै

काठमाडौं – दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति

बागलुङमा ५३२ जनामा डेङ्गी संक्रमण

बागलुङ– बागलुङमा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको