‘सरकारले होइन, शिक्षकले शिक्षा सुधार गर्नुपर्छ’ « Khabarhub

‘सरकारले होइन, शिक्षकले शिक्षा सुधार गर्नुपर्छ’

फेसबुक चलाउन आउँछ भने विद्यालय सुधार गर्न किन आउँदैन ?



म त्रिभुवन विश्वविद्यालयमा पढाउँछु। पीएचडी गर्ने विद्यार्थीलाई झन् धेरै पढाउँछु। चीनमा एक वर्षमा ४ लाख पिएचडीमा भर्ना हुँदा रहेछन्। प्रति करोड हिसाब गर्ने हो भने त्यो तीन हजार पर्छ। हाम्रो नेपालमा सालाखाला ३०० जनाको हिसाब गर्ने हो भने लगभग एक करोडमा पीएचडीमा भर्ना हुन्छ।

तीन वटा मुलुकको राजदूतसँग भेटेर कुरा गर्दा हामीले मलेसिया, कतार र इजरायल जहाँ हाम्रा नेपाली दाजुभाइहरू काम गर्नु हुन्छ। त्यो मुलुकले तीव्र गतिमा विकास गरेको छ।

इजरायलको अहिले संसारको क्यापिटल स्टार्टअप सबै भन्दा उच्च रहेछ। अमेरिकाको जनसंख्या ३३ करोड र इजरायलको ८० देखि ९० लाख जति अमेरिकामा स्टार्ट अप हुन्छ। त्यसको एक चौथाइ इजरायलमा मात्र हुँदो रहेछ।

अब त्यो मुलुकले कसरी विकास गर्‍यो त भन्दा त्यसको चुरो कुरो भनेको उहाँहरूले शिक्षा र सुरक्षाको तालीम कसरी दिनु भएको रहेछ भन्ने कुरा हो। यी कुरामा कुनै निर्देशिका छैन।

कुनै सुपरभाइजर छैन। त्यो तालिम दिनुहुँदो रहेछ। बिजनेस गर्नेलाई पनि कसैको सहयोग र सुझाव छैन भने कसरी सुरु गर्ने त्यो बाट सुरु गर्नु हुँदो रहेछ। त्यो ज्ञान हामीले पनि हासिल गर्न सक्छौँ।

सरकार र राजनीतिक दलहरूले हामीले चाहेका जस्तो गरेन भने हामीले काम गर्न सक्छौँ तर त्यो कुरा मुख्य हो। अहिले नेपालमा हामीसँग हरेक १०० जना मान्छेमा १३१ वटा मोबाइल र इन्टरनेटको कुरा गर्दा ९० प्रतिशत मान्छेहरूले इन्टरनेट डाटा प्रयोग गरेर फेसबुक चलाउँछन्।

यसको मतलब हाम्रा शिक्षकहरुलाई फेसबुक चलाउन शिक्षा ऐनले सिकाएको हो ? राजनीतिज्ञले सिकाएको हो ? पालीका अध्यक्षले सिकाएको हो ? आफै सिकेको हो नि।

त्यस कारण यहाँले अहिलेको अवस्थामा न्यूनतम श्रोत र साधनको प्रयोग गरेर कसरी शिक्षालाई राम्रो बनाउन अग्रगामी परिवर्तन कसरी गर्न सक्नु हुन्छ ? त्यो महत्त्वपूर्ण कुरा हो।

त्यसको लागि हामीले हाम्रो कम्प्युटर शिक्षकलाई सुचना कसरी रिसिभ गर्न लगाउने ? त्यो कुरा सिकाइदिनु भयो भने उसले सिक्छ र पढाउँछ पनि। एउटा स्कुलबाट ३०० जना झन्डै सफ्टवेयर इन्जिनियर निकाल्न सक्नु हुन्छ, त्यो विद्यालय र शिक्षकको हातमा छ।

अबको बिजनेस भनेको स्टार्टअप हो। त्यसको लागि कुनै धन सम्पत्ति चाहिँदैन। त्यसको लागि एउटा मोबाइल भए पुग्छ। २० जनाले हामीले दिनको २ घण्टाको दरले यो हिसाबले काम गयौँ भने दुई देखि ५ वर्षमा हामी हाम्रो शिक्षामा धेरै परिवर्तन ल्याउँछौँ। राज्य र सरकारले केही भनेको जस्तो गरेन भने आफूले सकेको गर्नुपर्छ। त्यति भए शिक्षामा धेरै परिवर्तन गर्न सकिन्छ।

(खबरहबले आयोजना गरेको ‘संघीय शिक्षा ऐन र संघीयतामा शिक्षाको सुधार’कार्यक्रममा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा.नवराज खतिवडाले राखेको धारणाको सम्पादित अंश :प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

https://www.facebook.com/watch/?v=597854091825675

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ५ : २८ बजे

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै