दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान « Khabarhub

दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ। कोभिड–१९ प्रभाव नभएकाले यो संख्यामा यात्रुहरू दशैँ मनाउन गाउँ जाने अनुमान गरिएको महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको बुधबार बसेको संयुक्त बैठकले असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।

यातायात व्यवस्था विभागले अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्ने भनेको छ। तर यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले अनलाइनबाट टिकट काट्ने व्यवस्था नगर्ने प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : ०४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र