शेयर र हाइड्रोमा बुझेर मात्र लगानी गर्नुपर्छ | Khabarhub Khabarhub

शेयर र हाइड्रोमा बुझेर मात्र लगानी गर्नुपर्छ


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा जलविद्युतको क्षेत्रमा धेरै सम्भावना भए पनि यसबारेमा सरकारले खासै चासो दिएको पाइँदैन । हामीले यसअघि सरकारसँग जलविद्युतका सम्भावनाका बारेमा छलफल गरेका थियौँ । अहिले सबैले उर्जा चाहिँदो रहेछ भनेर बुझेका छन् भने पेट्रोलियम पदार्थको भाउ बढ्दा विकल्पका रुपमा विद्युतको प्रयोग गर्न थालिएको छ ।

हामीले सरकारसँग शेयर बजारका बारेमा पनि छलफल गरेका थियौँ । शेयर बजारको खस्किँदो अवस्था र यसको सुधारको लागि हामीले विभिन्न मन्त्रालयमा पहल गर्‍यौ । हाललाई सुरु भइसकेका परियोजनालाई कसरी अगाडि बढाउने भन्ने चुनौती छ । त्यसका बारेमा पनि छलफल गरेका थियौँ ।

अहिले क्यु २५ आएको छ । त्यसमा वन क्षेत्रको कुरा आएको छ । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा वन मन्त्रीसँग पनि छलफल भएको थियो ।

नेपालले केही समयअघि एक प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामा लगानी गर्न नसक्ने भन्यो । इपानको तर्फबाट म आफैँले मन्त्रीसँग यो निर्णय गलत भयो अहिलेको समयमा नेपालमा जलविद्युतको खाँचो छ भनेको थिएँ ।

भारत र बंगलादेशले विद्युत किन्छु भनिरहेका छन् भने नेपालले बेच्छौँ भन्दा उत्पादन छैन । त्यसैले हामीले पाँच वर्ष पीपीए गरेको प्रोजेक्ट अहिले सक्दैछौँ । पीपीए गरेपछि त्यो पाँच वर्षका लागि आउने हो भनेर हामीले बुझ्नुपर्छ ।

नेपाललाई अहिले बिजुली उत्पादन आवश्यक छ । बिजुलीमा जनताको लगानी सहज बनाइदियो भने जनताले पनि लगानी गर्न थाल्छन् । यसले समग्र देशलाई दीर्घकालीन फाइदा पुर्‍याउँछ । सरकारले यसबारेमा सोच्नुपर्छ ।

भोलिका दिनहरूमा हामीलाई ऊर्जा चाहिएको छ । समयमै उर्जा उत्पादन गर्न सकिएन भने समग्र राष्ट्रको विकास गर्न अप्ठ्यारो हुन्छ ।

(खबरहबले आयोजना गरेको नेपालको जलविद्युतको विकासमा ऊर्जा मन्त्रालयको प्रतिवेदनका विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का कार्यवाहक अध्यक्ष गणेश कार्कीले राखेको धारणाको सम्पादित अंश)

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत) 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : २९ बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक