मुलुकको व्यापार घाटा घटाउन राज्यको ध्यान जान सकेन : नेता खनाल « Khabarhub

मुलुकको व्यापार घाटा घटाउन राज्यको ध्यान जान सकेन : नेता खनाल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न राज्यका विभिन्न तहमा बसेका व्यक्तिहरू गम्भीर हुन नसकेको बताएका छन्।

शुक्रबार काठमाडौँमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बोधन गर्दै नेता खनालले पेट्रोलियम पदार्थको उपभोगलाई व्यापक कटौती गरे मुलुकको व्यापार घाटा निकै घटाउनुपर्ने भए पनि राज्यको ध्यान जान नसकेको बताएका हुन्।

उनले धेरै कमिसन खोज्ने व्यक्तिहरू नै सरकारमा पुग्ने गरेकाले मुलुकको विकास रोकिएको र मुलुकलाई आत्मनिर्भर तर्फ पुर्‍याउने काम अवरुद्ध भएको बताए।

आफ्नो मात्र लाभ खोज्ने नेताहरू धेरै भएका कारण पनि समस्या सिर्जना भएको उनको भनाइ छ । उनले नेपाली अर्थतन्त्र पर्यटन बेस अर्थतन्त्र विकास गर्ने आधार रहेको भए पनि त्यसलाई विकसित र आधुनिकीकरण गर्न नसकिएको जिकिर गरे।

नेता खनालले कृषि अर्थतन्त्रका लागि कृषि क्रान्तिको कार्यक्रम जनताले खोजेको भए पनि यसमा प्रमुख भनिएका दल र सरकार नै उदासीन रहेको जिकिर गरे।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ४ : ११ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र