लोकतन्त्रको हितका लागि गठबन्धन : गृहमन्त्री खाण | Khabarhub Khabarhub

लोकतन्त्रको हितका लागि गठबन्धन : गृहमन्त्री खाण


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकामा जोड दिएका छन्। उनले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको बताएका हुन् । उनले भने, “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन जरुरी छ ।”

बिपीको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अझै बढेर गएको उनको भनाइ थियो । विश्वमा नेपाललाई चिन्दै गर्दा सगरमाथाको देश, गौतम बुद्ध जन्मिएको देश र बिपीको जन्मभूमि भनेर चिन्ने गरेको उनको भनाइ छ ।

कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले निर्वाचनमा  गठबन्धनको उम्मेदवारले हार्नुपर्दा गठबन्धनले हार्ने भएकाले सोहीअनुरूप परिचालन हुन अनुरोध गरे ।

कार्यक्रममा अर्का कांग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे र क्षेत्रीय सभापति राजु सिलवालले आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी हुने गरी एकजुट बनाएर अघि बढाउनुपर्नेमा जोड दिए। सो अवसरमा जिल्लाका विभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पुर्‍याउने जीवित र मरणोपरान्त गरी एक सय ५० लाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ५ : १८ बजे

गुल्मीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, दुईजना बेपत्ता

गुल्मी– गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै

‘यश कुमार अब अमर छ’

काठमाडौं – यश कुमार बहुप्रतिभाशाली कलाकार हुन् । उनले गायक, संगीतकार,

पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग

काठमाडौं– नेपाल सामुदायिक पुस्तकालय सङ्घले प्रदेश र स्थानीय तहमा पुस्तकालय

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाको भरमा

काठमाडौं– कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ

युरोकप : आजदेखि अन्तिम १६ का खेल हुँदै, इटाली र स्वीट्जरल्याण्ड भिड्ने

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आजदेखि नकआउट