दूधको उत्पादन बढाउन माग « Khabarhub

दूधको उत्पादन बढाउन माग


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ । 

अहिले बजारमा झन्डै एक लाख २० हजार लिटर दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो । यसअघि सरकारद्वारा गठित समितिले समेत बजारमा दूधको अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । नेपालमा कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको छ ।  

डेरी उद्योग संघले शुक्रबार जारी प्रेस विज्ञप्तिमा सालिन्दा दसैँ तिहारमा औद्योगिक कच्चा पदार्थको अभावमा डेरी उद्योगनै बन्द गर्नुपर्ने स्थिति आएकाले केही समयसम्म झोल दूधको आयात गर्न सरकारलाई सुझाव दिएको छ ।

 यसअघि केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एशोसिएशन, दुग्ध विकास संस्थानलगायतले भारतबाट केही समयका लागि झोल दूध ल्याउन सरकारको ध्यानाकर्षण गरेको संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।  

 सरकारले माग सम्बोधन गर्न आलटाल गरेकाले कर र भ्याट तिर्ने निजी डेरी उद्योगले लगभग ४० प्रतिशतसम्म बिक्री वितरण कटौती गर्नुपरेको र पनिर, घ्यू, आइसक्रिमलगायत राजस्व संकलन हुने दुग्धजन्य पदार्थको उत्पादन नै ठप्प गर्नुपर्ने स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।  

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ०२ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित