दूधको उत्पादन बढाउन माग « Khabarhub

दूधको उत्पादन बढाउन माग


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ । 

अहिले बजारमा झन्डै एक लाख २० हजार लिटर दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो । यसअघि सरकारद्वारा गठित समितिले समेत बजारमा दूधको अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । नेपालमा कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको छ ।  

डेरी उद्योग संघले शुक्रबार जारी प्रेस विज्ञप्तिमा सालिन्दा दसैँ तिहारमा औद्योगिक कच्चा पदार्थको अभावमा डेरी उद्योगनै बन्द गर्नुपर्ने स्थिति आएकाले केही समयसम्म झोल दूधको आयात गर्न सरकारलाई सुझाव दिएको छ ।

 यसअघि केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एशोसिएशन, दुग्ध विकास संस्थानलगायतले भारतबाट केही समयका लागि झोल दूध ल्याउन सरकारको ध्यानाकर्षण गरेको संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।  

 सरकारले माग सम्बोधन गर्न आलटाल गरेकाले कर र भ्याट तिर्ने निजी डेरी उद्योगले लगभग ४० प्रतिशतसम्म बिक्री वितरण कटौती गर्नुपरेको र पनिर, घ्यू, आइसक्रिमलगायत राजस्व संकलन हुने दुग्धजन्य पदार्थको उत्पादन नै ठप्प गर्नुपर्ने स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।  

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ०२ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज