एलिजावेथको निधनमा नेपालमा तीन दिन शोक, राष्ट्रिय झण्डा आधा झुकाइने « Khabarhub

एलिजावेथको निधनमा नेपालमा तीन दिन शोक, राष्ट्रिय झण्डा आधा झुकाइने


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा नेपालमा तीन दिन शोक मनाउने भएको छ ।

सरकारले महारानीको निधनमा यही भदौ २५, २६ र २७ गते तीन दिन शोक मनाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गर्ने निर्णय समेत गरेको छ ।

यससँगै सरकारले नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

महारानी एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : २७ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर