नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द   | Khabarhub Khabarhub

नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द  


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ।

वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार वडा सदस्यले शुक्रबारदेखि वडाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन्। फरक दलले जितकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेका सम्पूर्ण कार्यहरुमा अवरोध गर्ने र दुःख दिने, कर्मचारी हेरफेर गरेकाले वडाको औचित्यमाथि प्रश्न उठेकाले सेवा बन्द गर्नुपरेको वडाध्यक्ष चौहानले बताए।

गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बाबजुद दोर्पाचिउरीडाँडामा चौहानसहित पाँच जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका हुन्। नगरपालिकामा गठबन्धनबाट कांग्रेसका तीर्थराज भट्टराई मेयर र माओवादी केन्द्रका बिसन राई उपमेयरमा विजयी भए। मेयर भट्टराई र उपमेयर राईले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा दलगत र समूहगत रुपमा वडालाई पक्षपातपूर्ण व्यवहार गर्नु दुःखद र संघीयता विरोधी कार्य भएको चौहानले बताए।

मेयर र उपमेयरले लिखितरुपमा वडामा हस्तक्षेप नगर्ने प्रतिबद्धता नजनाएसम्मका लागि वडा कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘गठबन्धनको उम्मेदवारले नजितेकै कारण समग्र वडावासीलाई असर  पार्ने गरी हस्तक्षेप गरेर कानुनी राज्यको खिल्ली उडाइएको छ,’ वडाध्यक्ष चौहानले भने, ‘नगरपालिकाको हस्तक्षेपबाट वडाले गर्ने काम, कर्तव्य र अधिकार प्रयोग गर्न सक्ने कुनै आधार देखिँदैन। वडा कार्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता र औचित्यमाथि प्रश्न चिन्ह खडा भएको छ।’ फरक आस्था र विचार राख्ने करारका कर्मचारीलाई विना जानकारी हटाउँदा वडाको सेवा समेत प्रभावित भएको चौहानले बताए।

वडाध्यक्ष चौहानले उपभोक्ता समितिमा आफ्नो कार्यकर्तालाई राख्न नपाएको रिसमा मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि भुक्तानी रोकेको, खावाडाँडा र वाबारी एकीकृत बस्ती निर्माण, गोल्डेन चक्रपथ निर्माण, स्यालदुलो–तालचौंर सडक, अन्नपूर्ण मावि घेरावारा र पंखु लप्से खानेपानी योजना निर्माणमा अख्तियारमा मुद्दा हाल्न लगाएर अवरोध गरेको आरोप लगाएका छन्।

यस्तै, चुच्चेढुंगा दोवेला सिँचाई योजना उपभोक्ता समिति गठनका विषयमा नगरपालिकामा उजुरी हाल्न लगाइएको बताए। वडामा भइरहेका विकास निर्माणमा अवरोध पुर्‍याउन गठबन्धनका स्थानीयलाई योजनाबद्ध उजुरी हाल्न उक्साउने गरिएको चौहानले दाबी गरे।

स्टीमेटअनुसार सडक ढलान नभएको, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा बनेको केही समयमै भत्किएको, एकीकृत बस्ती विस्तार योजना अलपत्र परेको लगायतका विषयलाई गठबन्धन दलले उठाउँदै आएको छ। दलीय स्वार्थले द्वन्द्व सिर्जना भएपछि वडाको विकास निर्माणमा प्रत्यक्ष असर परिरहेको छ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ६ : ३९ बजे

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष