विश्व इतिहासमा आज : सिलाई मेसिनको पेटेन्टदेखि पहिलो इनभिक्टस गेम्ससम्म « Khabarhub

विश्व इतिहासमा आज : सिलाई मेसिनको पेटेन्टदेखि पहिलो इनभिक्टस गेम्ससम्म


२५ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ २५ गते शनिबार । सन् २०२२ को सेप्टेम्बर १० तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २०१४ सेप्टेम्बर १० मा पहिलो इनभिक्टस गेम्स्को सुरुवात भएको थियो । इङ्ल्याण्डको लन्डनस्थित ‘क्वीन एलिजाबेथ ओलम्पिक पार्क’ मा आयोजना भएको सो प्रतियोगितामा १३ राष्ट्रबाट ३०० प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

सन् २००७ सेप्टेम्बर १० मा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ स्वदेश फर्केका थिए । सन् १९९९ ओक्टोबर मा सैनिय कुभएको ७ वर्षपश्चात शरीफ पाकिस्तान फर्केका थिए ।

सन् २००३ सेप्टेम्बर १० मा स्वीडेनका विदेशमन्त्री एना लिन्डमाथि किनमेलको क्रममा छुरा प्रहार भएको थियो । उनको सेप्टेम्बर ११ मा मृत्यु भएको थियो ।

सन् १९७७ सेप्टेम्बर १० मा फ्रान्समा हमिदा जान्दौबी मृत्यु दण्डको सजाय पाउने अन्तिम व्यक्ति बनेकी थिइन् । जान्दौबीलाई २१ वर्षीया एलिजाबेथ बुस्केटको हत्या गरेको पुष्टि भएसँगै मृत्यु दण्डको सजाय दिइएको थियो ।

सन् १९६० सेप्टेम्बर १० मा बगदाद सम्मेलन सुरु भएको थियो । पेट्रोलियम निर्यात गर्ने देशहरुको संगठन ‘ओपेक’ को स्थापनासँगै उक्त सम्मेलन ५ दिन चलेको थियो ।

सन् १९६० सेप्टेम्बर १० मा इङ्लिश अभिनेता कोलिन फर्थको जन्म भएको थियो । ‘अ मन्थ इन द कन्ट्री’, ‘टम्बलडाउन’, ‘भल्मोन्ट’ आदि जस्तो चलचित्रका मुख्य पात्रको भूमिका निर्वाह गरेका कारण फर्थ लोकप्रिय बनेका थिए ।

सन् १८४६ सेप्टेम्बर १० मा सिलाई मेसिनको पेटेन्ट इलियास होवेले प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ६ : ४५ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा