भारतमा गणेश मूर्तिको बिसर्जनका क्रममा नदीमा डुबेर १५ जनाको मृत्यु « Khabarhub

भारतमा गणेश मूर्तिको बिसर्जनका क्रममा नदीमा डुबेर १५ जनाको मृत्यु


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका विभिन्न पाँच स्थानमा गणेशको मूर्ति विसर्जनका क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ।

हरियाणा र उत्तर प्रदेशका विभिन्न घटनामा उनीहरुको मृत्यु भएको हो। हरियाणाको महेन्द्रगढस्थित झगडोली नहरमा गणेशको प्रतिमा बिसर्जनका क्रममा ८ जनालाई बगाएको छ। जसमा ४ जनाको मृत्यु भएको छ भने चारै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उत्तर प्रदेशको विभिन्न स्थानमा भएको घटनामा ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। सोनीपतस्थित यमुना नदीमा ३ जनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता छन्।

यस्तै, सन्त कबीर नगरमा ४ बालबालिकाको डुबेर मृत्यु भएको छ। चारै जना एकै परिवारका दाजुबहिनी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै, ललितपुर र उन्नावमा पनि गणेश बिसर्जनका क्रममा डुबेर २–२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ४३ बजे

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३

गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने

रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय

भुम्लुका २३५ किसानलाई अनुदानमा मिनीटिलर

धुलिखेल– यहाँको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश सिफारिस

काठमाडौं- न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालत, सुर्खेतको न्यायाधीशमा