यू– २० एसियन कप छनोट : नेपाल भुटानसँग पराजित | Khabarhub Khabarhub

यू– २० एसियन कप छनोट : नेपाल भुटानसँग पराजित


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एएफसी यू– २० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ ।

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको हो ।

भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे ।

खेल अवधिभर नेपालले बलमा पकड जमाए पनि गोल गर्न सकेन ।खेलको इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै भुटानले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।नेपालले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १० : ४९ बजे

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५