क्याडिजलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा  | Khabarhub Khabarhub

क्याडिजलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।

यस खेलसँगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो। यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ। क्याडिज पुछारमा छ। फरवार्ड रोबर्ट लेवान्डोस्कीले एक गोल सहित दुई असिस्ट दिए।

यस्तै, फ्रान्की डी जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले समान एक-एक गोल गरे। पहिलो हाफमा गोल निकाल्न नसकेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो। खेल क्रममा एक दर्शकको स्वास्थ्यमा समस्या देखिएपछि आधा घण्टा बढी खेल रोकिएको थियो।

अर्को खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४-१ ले हरायो।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : ५५ बजे

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन