नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम ७४ करोडमा खुम्चियो | Khabarhub Khabarhub

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम ७४ करोडमा खुम्चियो


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६ अंकमा ओर्लिएको छ । कुल २६ कम्पनीको मूल्य बढ्दा १५६ को घट्यो भने ७ को स्थिर रहेको छ।

दिनभर कुल ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भयो । बैंकिङ ३, विकास बैंक ५३, फाइनान्स २२, होटल तथा पर्यटन ३७, जलविद्युत् ३४, जीवन बीमा ३९, उत्पादन ५, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा ३८ र व्यापार उपसमूह ११ अंक घटेको छ । अन्य उपसमूह ४ अंक बढ्यो ।

मैलुङखोला पावरको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, रिडी पावर, अपी पावर र नेपाल टेलिकम क्रमशः अगाडि रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : ०६ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न