न्युजिल्याण्डविरुद्धको सिरिज अष्ट्रेलियाद्वारा क्लिन स्विप « Khabarhub

न्युजिल्याण्डविरुद्धको सिरिज अष्ट्रेलियाद्वारा क्लिन स्विप


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियाले पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ ।

आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा न्युजिल्याण्डलाई २५ रनले हराउँदै अष्ट्रेलियाले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

अष्ट्रेलियाले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ४२ रन मात्र बनाउन सक्यो ।न्युजिल्याण्ड ग्लेन फिलिप्सले ४७ रन जोड्दा जेम्स निशमले ३६ तथा फिन एलनले ३५ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा क्यामरुन ग्रीन र सिङ एब्बटले २–२ विकेट लिए ।

त्यसअघि अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ६७ रन जोडेको थियो ।अष्ट्रेलियाका लागि स्टिभ स्मिथले १ सय ५ रनको शतकीय इनिङ खेले । न्युजिल्याण्डका ट्रेण्ट बोल्टले दुई विकेट लिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : ५१ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र