निलम्बित प्रधानन्यायाधीशको बयान भोलि सक्ने तयारी « Khabarhub

निलम्बित प्रधानन्यायाधीशको बयान भोलि सक्ने तयारी

चार दिनभित्र प्रतिवेदन बुझाइने


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान भोलि सक्ने तयारी गरिएको छ।

महाभियोग सिफारिस समितिले भोलि बाँकी रहेका प्रश्न सोध्ने तयारी गरेको छ। उक्त सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले मंगलबार सवाल र जवाफ सकिने र बाँकी काम अघि बढाइने बताएका छन्।

बयानको चौथो दिन आइतबारसम्म ३५ प्रश्न सोधिएको थियो। समितिले हिजो मात्रै २४ वटा प्रश्न सोधेको थियो। समितिले उनका लागि ४२ प्रश्न तय गरेको छ। जवाफ दिने क्रममा जबराले आफ्ना सहकर्मी न्यायाधीशहरु र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाइरहेका छन्।

जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन्। प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिने भएपछि समितिले यसै महिनाको अन्त्यसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ।

संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो। उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : ०६ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण