साफ महिला च्याम्पियनसिप : श्रीलंकासँग भिड्दै नेपाल  | Khabarhub Khabarhub

साफ महिला च्याम्पियनसिप : श्रीलंकासँग भिड्दै नेपाल 


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ महिला च्यापियनसिपमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनलको यात्रा तय गर्ने लक्ष्य साथ आज मैदानमा उत्रिँदै छ।

काठमाडौँको दशरथ रंगशालामा नेपाली समयअनुसार बेलुका साढे ५ बजे सुरु हुने खेलमा नेपाल श्रीलंकालाई हराउने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो।

समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराएर समूह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ।पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको  नेपालले आज श्रीलंकासँग भिड्न लागेको हो।

दुई खेल खेलिसकेको भुटान भने एकमा जित र एकमा हार व्यहोरेर समूह बी बाट सेमिफाइनल प्रवेश गरिसकेको छ।भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो।नेपालले सोमबारको खेलमा श्रीलंकालाई हराएमा वा बराबरमा रोकेमा समूह विजेता हुनेछ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ११ : ३५ बजे

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति