कर्मचारीलाई पुरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह « Khabarhub

कर्मचारीलाई पुरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ । उसले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई डेंगुबाट बच्न विभिन्न टिप्स दिएको हो ।

जसअनुसार कर्मचारीहरूलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरू एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन मन्त्रालयले निर्देशन दिएको छ ।

नेपालमा हाल देखा परिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १ : १२ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।