‘मिस्टर मोडल अफ द वर्ल्ड’ को उपाधि शाहलाई « Khabarhub

  ‘मिस्टर मोडल अफ द वर्ल्ड’ को उपाधि शाहलाई


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंका २२ वर्षीय मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२’ उपाधि जितेका छन् ।
भक्तपुरको राधेराधेस्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा ५ फिट ११ इन्च उचाइ भएका मोडल तण्डुकारले २१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् ।

विजेता तण्डुकारले यो उपलब्धिसँगै ३ देखि ७ नोभेम्बरसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड–२०२२ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका छन् । प्रतियोगितामा विश्वका विभिन्न देशका उत्कृष्ट मोडलहरूको सहभागिता रहने छ ।

प्रतियोगितामा तण्डुकारले मिस्टर पब्लिक च्वाइसको टाइटल अवार्डसमेत जितेका छन् । फेसन मोडलको रूपमा सक्रिय तण्डुकार स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् ।

यसअघि सन् २०१८ मा सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका मोडल तथा अभिनेता डा.दिक्पाल कार्कीले मोडल अफ द वर्ल्ड २०१८ को उपाधि जितेका थिए । सन् २०१९ मा भने मनोज गुरुङले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

प्याजेन्ट नेपाल इन्टरनेसनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रूपमा आयोजना गरेको पुरुष मोडलहरूको यो प्रतियोगितामा आभिनेष श्रेष्ठले फर्स्ट रनर्सअप तथा आकाश महर्जनले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सफल न्यौपाने तथा धिरज बोगटीले क्रमशः थर्ड रनर्सअप तथा फोर्थ रनर्सअपमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई विभिन्न उपाधिद्वारा पुरस्कृत गरिएको छ । तीमध्ये सुलक्स चापागाईंले एड्भोकेसी एम्बास्डर तथा कमलकुमार चौधरीले युथ एम्बास्डरको उपाधि जितेका छन् ।

शीर्ष उपाधितर्फ मनिष पासवानले मिस्टर मल्टिमिडिया, अभिनेश श्रेष्ठले मिस्टर फिजिक्स, अंकितप्रताप सिंहले मिस्टर फोटोजेनिक तथा सफल न्यौपानेले अनलाइन भोटिङ स्टारको उपाधि जित्न सफल भए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ३३ बजे

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल

इंग्ल्याण्डका विल ज्याक्सले भने : नेपालले खेलभर दबाबमा राखेको थियो

काठमाडौं – नेपालसँगको खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका इंग्ल्याण्डका युवा

रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ

मस्काे – रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा