विवादास्पद अडियोबारे गगन- ‘मेरा हात सफा छन्, निष्पक्ष छानबिनका लागि तयार छु’  « Khabarhub

विवादास्पद अडियोबारे गगन- ‘मेरा हात सफा छन्, निष्पक्ष छानबिनका लागि तयार छु’ 


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएपछि पार्टी सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन् ।

 सामाजिक सञ्जालमार्फत  भिडियो सन्देश जारी गर्दै थापाले आफू कुनै पनि गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन् । उनले आफ्नो नैतिकतामाथि प्रश्न उठाउनुपर्ने कुनै आधार नरहेको जिकिर गर्दै कार्यकर्तालाई आफ्नो पक्षमा ढुक्क भएर बोल्न आग्रह गरेका छन् ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा आफ्नो नाम जोडिएको विषयमा आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ ।

उनले भने ‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो, त्यो अनुसन्धानको विषय हो। अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ’।

थापाले कांग्रेसको आधिकारिकता र आन्तरिक रूपान्तरणका लागि भएको संघर्षमा कुनै आर्थिक लेनदेन नभएको पनि स्पष्ट पारेका छन् । उक्त संघर्षलाई कार्यकर्ताहरूको विद्रोहको संज्ञा दिँदै उनले करोडौँ रुपैयाँको लेनदेन भएको भन्ने आरोप अस्वीकार गरेका छन् ।

यस विषयमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालयबाटै धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले अडियोको स्रोत, त्यसमा बोलिएका विषय र त्यसको उद्देश्यबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन् ।

अडियो सार्वजनिक भएपछि आफू डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्न गएको भन्ने चर्चाबारे उनले भनेका छन्, ‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै छैन’ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ४ : ४० बजे

विवादले रोकिएन ‘पाँच पाण्डव’, प्रदर्शनको अन्योल हट्यो, कात्तिक २० मै हलमा आउने

काठमाडौं– धार्मिक विवाद र प्रदर्शन रोक्ने चर्चाबीच चर्चामा रहेको नेपाली

क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

एजेन्सी – पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर किंग्स

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को बिहीबारको

बङ्गलादेश र चीनबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

ढाका-  बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत विभिन्न क्षेत्रमा लगानी

विवादास्पद अडियोबारे गगन- ‘मेरा हात सफा छन्, निष्पक्ष छानबिनका लागि तयार छु’ 

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विवादास्पद अडियो प्रकरणमा