कुमाल समुदायको पेशा जोगाउँदै नगरपालिका « Khabarhub

कुमाल समुदायको पेशा जोगाउँदै नगरपालिका


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट– जिल्लाको रास्कोट नगरपालिकाले कुमाल समुदायको पेशा जोगाउन तीनमहिने तालिमको आयोजना गरेको छ । कुमाल समुदायको पुर्ख्यौली पेशाका रुपमा रहेको माटाको भाँडा बनाउनका लागि तालिमको आयोजना गरिएको हो । 

नगरपालिकाले कुमाल समुदायको पेशाको रक्षाका लागि तीनमहिने तालिम सुरु गरेको नगर प्रमुख धर्मराज शाहीले बताए । पछिल्लो समय युवापुस्ताले आफ्नो परम्परागत पेशालाई बिर्संदै गएकाले युवापुस्तालाई पेशाप्रतिको आत्म विश्वास दिलाउन नगरपालिकाले तालिम आयोजना गरेको उनको भनाइ छ । 

नगरपालिकाले कुमाल समुदायले माटोबाट निर्माण गरेका भाँडाको बजारीकरण गर्ने पनि जिम्मा लिने नगरपालिकाले जनाएको छ । कुमालले माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका बस्तु बनाउने गर्दछन् ।

कुमाल समुदायको तीन सय १६ घरधुरी रहेको कुमालवाडामा अहिले एकै जनाले पनि यो पेशा गरेका छैनन् । करिब एकदशकदेखि यो समुदाय यो पेशाबाट विस्थापित बनेपछि नगरपालिकाले उनीहरुको पेशा संरक्षणका लागि विशेष पहल थालेको हो । 

स्थानीय मनसिङ्गे कुमालका अनुसार माटो, दाउराको अभाव र युवापुस्ता पेशाप्रति आकर्षित हुन नसक्दा यो पेशा नै लोप हुने अवस्थामा आएको छ । पहिले बस्तीमा माटाका भाँडा बनाउने चहलपहल हुने गरे पनि अहिले भाँडा बनाउन छाडेका छन् । पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको हो । 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ३ : ५२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज