सिरियामा आईएस लडाकुको आक्रमणमा परी ६ जनाको मृत्यु « Khabarhub

सिरियामा आईएस लडाकुको आक्रमणमा परी ६ जनाको मृत्यु


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपूर्वी सिरियाको हासके प्रान्तमा आतङ्कवादी संगठन इस्लामिक स्टेट आईएसको आक्रमणमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । सिरियाको कुर्दबहुल हसाके प्रान्तमा सडकमा सवारी साधनमा यात्रा गरिरहेका मानिसहरुमाथि आईएसका लडाकुले हमला गरेका हुन् ।

आईएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई धरापमा पारेर हत्या गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै स्पष्ट भएको छैन ।

पछिल्लो समयमा आईएस आतङ्ककारीहरुले सडकमै धराप थापेर व्यक्ति हत्या गर्ने गरेका छन् ।

सिरियाली अधिकारीहरुले दिएको जानकारीअनुसार आईएसले सन् २०२२ शुरुबाट हालसम्म एक सय ३० वटा सांघातिक धराप थापेर आक्रमण गरेका थिए । ती आक्रमणहरुमा परेर एक सय भन्दा बढी सर्वसाधारण मारिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ०५ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप