सिरियामा आईएस लडाकुको आक्रमणमा परी ६ जनाको मृत्यु « Khabarhub

सिरियामा आईएस लडाकुको आक्रमणमा परी ६ जनाको मृत्यु


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपूर्वी सिरियाको हासके प्रान्तमा आतङ्कवादी संगठन इस्लामिक स्टेट आईएसको आक्रमणमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । सिरियाको कुर्दबहुल हसाके प्रान्तमा सडकमा सवारी साधनमा यात्रा गरिरहेका मानिसहरुमाथि आईएसका लडाकुले हमला गरेका हुन् ।

आईएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई धरापमा पारेर हत्या गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै स्पष्ट भएको छैन ।

पछिल्लो समयमा आईएस आतङ्ककारीहरुले सडकमै धराप थापेर व्यक्ति हत्या गर्ने गरेका छन् ।

सिरियाली अधिकारीहरुले दिएको जानकारीअनुसार आईएसले सन् २०२२ शुरुबाट हालसम्म एक सय ३० वटा सांघातिक धराप थापेर आक्रमण गरेका थिए । ती आक्रमणहरुमा परेर एक सय भन्दा बढी सर्वसाधारण मारिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै