स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु | Khabarhub Khabarhub

स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने भएकी छन् । डेंगु संक्रमणका कारण सावित्राले श्रीलंकाविरुद्धको समूह चरणको अन्तिम खेल गुमाउने भएकी हुन् ।

‘हिजो पजिटिभ देखियो । अहिले अवस्था सामान्य छ । होटेलमै विश्राम गरिरहेको छु,’ सावित्राले भनिन् । चार दिनदेखि ज्वरोको कारण उनी टिमको प्रशिक्षण सामेल भएकी थिइनन् ।

नेपालले सोमबार साँझ ०५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकाविरुद्ध खेल्दैछ । यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । यस्तै, समूहमा श्रीलंकालाई ५-० ले पराजित गरेको भुटानले सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

आज श्रीलंकाविरुद्ध खेलमा बराबरी वा पाँच गोलको अन्तरभन्दा कमले पराजित भएमा पनि नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । तर, पाँच गोलको अन्तरमा नेपाललाई पराजित गरे श्रीलंकाले सेमिफाइनल यात्रा तय गर्नेछ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : २८ बजे

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार