'निर्वाचन आचारसंहितामा एउटै बुझाई र अडान रहोस्' | Khabarhub Khabarhub

‘निर्वाचन आचारसंहितामा एउटै बुझाई र अडान रहोस्’


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई सत्तामा हुँदा एउटा नहुँदा अर्को ढङ्गले नबुझिदिन राजनीतिक दलका नेतासँग आग्रह गरेका छन् ।

राष्ट्रियसभा सरोकार तथा समन्वय समितिले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी, कानून, स्रोतसाधन, सुरक्षा व्यवस्थापनलगायतका विषयमा आयोग पदाधिकारी र राजनीतिक दलसँगको अन्तरक्रियामा उनले निर्वाचन प्रणाली महँगो नभई उम्मेदवार बेइमान भएको बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन आचारसंहिताको प्रावधान सत्तामा हुँदा र नहुँदा फरक हुन्न, त्यसको बुझाइ र कार्यान्वयनमा एकै खाले अडान हुनुपर्छ ।’  

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले निर्वाचन आचारसंहितालाई कडाइसँग पालना गर्न र निर्वाचन घोषणा भएपछि  व्यापकरूपमा भइरहेको कर्मचारीको सरुवालाई रोक्न आवश्यक रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डलका सदस्य दल विशेषका प्रतिनिधि भएकाले राज्यको साधन स्रोतको दुरुपयोग नगरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुन पाउनुपर्छ भने ।

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले निर्वाचनलाई पवित्र र शुद्धता कायम गर्न सकेमा मात्र लोकतन्त्र फस्टाउने बताए । उनले अहिले भइरहेको खर्चिलो र भड्किलो निर्वाचनबाट हामी प्रताडित भएकाले रोक्न आवश्यक रहेको बताए ।

 नेकपा (एकीकृत समाजवादी) प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले समग्र व्यवस्थापन चुस्त भएमा मात्र निर्वाचनको सुन्दरता बढ्ने भएकाले मतदान केन्द्र मतदातामैत्री हुन आवश्यक रहेको बताए । 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले सांसदले विकास निर्माणका लागि बजेट होइन, कानून र नीति निर्माण गर्ने जिम्मेवारी हो भनेर अझै पनि समाजलाई बुझाउन नसकिएको बताए ।

उनले भने, “मुलुकमा धेरै कम्युनिष्ट पार्टी छन् तर पनि पैसा नभई निर्वाचनका लागि टिकट पाइन्न । व्यवस्था फेरिए पनि प्रवृत्ति फेरिएको छैन, निर्वाचनको प्रचारप्रसार अवधिमा मदिराको बिक्री वितरणमा पूर्ण रोक लगाए केही हदसम्म खर्च कम हुन्छ ।” 

सो अवसरमा सांसद रेखा शर्मा, विमला बिक, लक्ष्मी परियार र बिन्दा पाण्डेले महिलाका लागि प्रतिस्पर्धा गर्न बेग्लै निर्वाचन क्षेत्रको सुनिश्चितता गर्न तथा निष्ठाको राजनीति ओझेलमा परेकाले दलहरूले टिकट दिँदा त्यस्ता व्यक्तिलाई प्राथमिकता दिन पर्ने आवश्यकतामा जोड दिए ।

 उनीहरूले राजनीतिक दलले उम्मेदवारी दिँदा संविधानको भावनाविपरीत गरेको खण्डमा अस्वीकार गर्ने तथा प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार बनाउनै पर्ने व्यवस्था हुनुपर्छ भने । 

जनता समाजवादी पार्टीका रेखा यादव र लोकतान्त्रिक समाजवादी पार्टीका डा सुरेन्द्र झाले निर्वाचन महिलामैत्री हुनुपर्ने तथा प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको प्रतिनिधित्व वृद्धि गर्ने रणनीति बनाउन सबै दललाई सुझाव दिए । 

सो अवसरमा महिला प्रतिनिधित्वको समानुपातिक र समावेशी सुनिश्चितता, निर्वाचन आचारसंहिता कार्यान्वयन, निर्वाचन पर्यवेक्षण र मतदाता शिक्षालगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : २५ बजे

‘वामपन्थी विचारधारा बोकेका दलकाप्रति आस्थावान् सबैलाई एक ठाउँमा उभिने सङ्कल्प गरौँ’

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले वामपन्थी विचारधारा बोकेका

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको

धरानको भाटभटेनीमा भेटियो खरानी भएको शव

सुनसरी– जेनजीको नाममा अराजक समूहले आगजनी गरेको धरान १० पुतलीलाइनस्थित

सुशीला कार्कीलाई योगेशले भने- भ्रम नफैल्याउनुस्, यही संविधानबाट निकास खोज्नुस्

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई

जेन-जी आन्दोलनमा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशभर १ सय ४३ वटा