नवौँ राष्ट्रिय खेलकुद: नेपाल पुलिस क्लबकाे लगातार दोस्रो जित | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद: नेपाल पुलिस क्लबकाे लगातार दोस्रो जित


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । 

कीर्तिपुरस्थित टियु मैदानमा सोमबार लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । पुलिसले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनायो । उसका लागि बसिर अहमदले अविजित ४६ रन तथा सौरभ खनालले २४ रन बनाए । दीपेन्द्र रावतले अविजित १३ रन तथा प्रज्ज्वल थापाले १० रन बनाए , पुलिसका लागि ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए । गुल्सन झाले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।  जितसँगै पुलिसको ३ खेलबाट ७ अंक भएको छ । समूह ’ए’ मा पुलिस शीर्ष स्थानमा रहेको छ । यता, लुम्बिनीको भने ३ खेलबाट २ अंक भएको छ । यस्तै सोमबार नै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले

मधेश प्रदेशलाई ६ विकेटले हराएको छ ।  मधेशले दिएको १ सय ५ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको आर्मीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन जोडेको थियो ।

त्यस्तै मलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि एपीएफ र बागमतीबीचको खेल तथा एनआरएनए र प्रदेश १ बीचको खेल भने रद्द भएको छ ।   गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भइरहेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ३८ बजे

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

कैलाली– खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास

पाखोबारीमा झाडी फाँडेर तरकारी खेती

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले

फराकिलो जितसहित इङ्गल्यान्ड युरो कपको क्वार्टर फाइनलमा

काठमाडौं – वेल्समाथिको ६-१ को सफलतासहित इङ्गल्यान्ड युरो कप महिला

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अल्काराजलाई हराउँदै सिनरले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४,६-४ ले हराउँदै शीर्ष