पेट्रोलियम पाइपलाइनले तीन वर्षमा जोगायो पाँच अर्ब « Khabarhub

पेट्रोलियम पाइपलाइनले तीन वर्षमा जोगायो पाँच अर्ब


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बारा– नेपाल भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको तीन वर्ष पुरा भएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट तीन वर्षमा २८ लाख ९७ हजार ५ सय १९ किलोलिटर डिजेल आयात भएको निगमले जनाएको छ ।

उक्त परिणामको डिजेल आयात गर्दा यसअघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै पाँच अर्ब रुपैयाँ जोगिएको नेपाल आयल निगमले जनाएको छ । पाइपलाइनको उद्घाटन नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकसाथ नेपाल र भारतबाट बटम थिचेर गरेका थिए ।

प्रतिघन्टा दुई लाख लिटर डिजेल आयात गर्न सकिने पाइपलाइनको तीन वर्ष सफल भएको र पाइपलाइनबाट इन्धनबाट आउँदा सुरक्षित हुने, चुहावट र अवरोध नहुने हुँदा पाइपलाइन अत्यन्तै सफल भएको नेपाल आयल निगम लिमिटेड मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख इन्जिनियर प्रदीप यादवले बताए ।

भारतको बरौनीदेखि नेपालको अमलेखगन्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकोमा पाइपलाइनपछि सो खर्च जोगिएको निगमको केन्द्रीय कार्यालयले जनाएको छ ।

ट्यांकरबाट इन्धन आयात गर्दा बाटोमै चुहावट हुने, सवारी दुर्घटना हुने, सडक अवरोधका कारण नियमित ढुवानीमा कठिनाइ हुने जस्ता समस्या निगमले भोगिरहेको थियो । निगमले अहिले पाइपलाइनबाट डिजलमात्रै ल्याइरहेको छ । पछिल्लो तीन वर्षमा २८ लाख ९२ हजार चार सय २९ किलोलिटर डिजल आयात भएको यादवले जानकारी दिए । पाइपलाइनबाट वार्षिक २५ लाख किलोलिटर इन्धन आयात गर्ने क्षमता छ ।

हाल सञ्चालनमा रहेको ६९।२ किलोमिटरको पाइपलाइनबाट डिजलमात्रै आयात गरिरहेको निगमले पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको छ । दुई वर्षभित्र पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको बताउँदै यादवले पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म लगिने जानकारी दिए ।

अमलेखगन्जस्थित प्रादेशिक कार्यालय नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डारण क्षमता भएको डिपो हो । २०३३ सालमा निर्माण भएको यो डिपो अहिले ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस डिपोमा १९ हजार ८ सय ४० किलोलिटर डिजेल, तीन हजार चार सय ३० किलोलिटर पेट्रोल, सात सय ६० किलोलिटर मट्टितेल भण्डारण गर्ने क्षमता रहेको छ ।

अमलेखगंज डिपोको क्षमताले देशको २.५ दिनको पेट्रोलियम पदार्थको माग धान्न सक्ने अवस्था छ । देशको २६ जिल्लामा आपूर्ति व्यवस्थापन गर्दै आएको डिपोसँग अहिले चार सय २४ डिलर, दुई सय ६४ ढुवानीकर्ता रहेका छन् ।

अमलेखगंजबाट विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ । यस डिपोले दैनिक औसत ५ हजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार ५ सय किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको छ ।

डिपोको सुरक्षाका लागि २४ लाख लिटरको पानी ट्यांकीसहित फायर फाइटिङको व्यवस्था गरिएको छ । डिपो तथा पाइपलाइन क्षेत्रमा २० वटा फायरमोनिटर, हाइड्रान्टसहित १४ इन्चको फायरलाइन छ । डिपोमा प्रतिघण्टा दुई सय ८८ किलोलिटर डिस्चार्जयुक्त दुईवटा वटा फायरइन्जिन रहेको छ ।

प्रत्येक लोडिङ अनलोडिङ वेमा क्यापासिटेटिभ अर्थिङ तथा विभिन्न क्षमताका सयभन्दा बढी फायर बोतलको व्यवस्था छ । सम्भावित आगलागी नियन्त्रणका लागि डिपोसँग आफ्नै दुई वटा दमकल छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : १४ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा