संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने « Khabarhub

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पदयात्रा गर्नेभएको छ । पार्टीले संविधान दिवसको अवसरमा आगामी असोज १ गते काठमाडौँका विभिन्न पाँच ठाउँबाट पदयात्रा निकाली वसन्तपुर पुगी समापन गर्नेछ ।

उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक सङ्र्घषपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यस वर्ष पदयात्रा आयोजना गर्न लागिएको बताए ।

उनका अनुसार पदयात्रा बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट निस्कने छ । वसन्तपुरमा आयोजित सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । पार्टीले पदयात्रामा देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आमजनसमुदायलाई सहभागिताका लागि आह्वान गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : २२ बजे

सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा

लुटपाट गरिएका हातहतियार बेवारिसे भेटिए

झापा – यहाँको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री