साउदी अरबमा झण्डै ४ करोड ७० लाख चक्की लागूऔषधसहित ८ जना पक्राउ « Khabarhub

साउदी अरबमा झण्डै ४ करोड ७० लाख चक्की लागूऔषधसहित ८ जना पक्राउ


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी अरबमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध एम्फेटामाइनसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ जना सिरियाली नागरिएक एवम् दुई जना पाकिस्तानी रहेको साउदी अरबको सरकार सञ्चालित साउदी प्रेस एजेन्सीले जनाएको छ ।

साउदी अरबको लागूऔषध नियन्त्रण महानिर्देशनालयका अनुसार रियादस्थित एक गोदाममा छापा मार्दा ४ करोड ६९ लाख १६ हजार ४ सय ८० चक्की एम्फेटामाइन बरामद भएको हो । यसलाई साउदी अरबमा लागूऔषध विरुद्धको कारवाहीमा सबैभन्दा ठूलो सफलताको रुपमा हेरिएको छ ।

पिठोको थुप्रोमा लुकाएर तस्करहरुले उक्त परिमाणको लागूऔषध रियादस्थित सुख्खा बन्दरगाह कटाउन सफल भएको जनाइएको छ ।

खाडी मुलुकहरुमा एम्फेटामाइनको ठूलो स्तरमा कारोबार हुने गरेको बताइन्छ । खासगरी धनाढ्य वर्गका युवाहरुले यसको प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : ३४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते