अघि बढ्यो चुनावी तयारी | Khabarhub Khabarhub

अघि बढ्यो चुनावी तयारी


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी – सङ्घ र प्रदेशको चुनाव नजिकिँदो छ । यही असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायदेखि चुनावमा भाग लिने दलहरू तयारीमा जुटेका छन् ।

आसन्न चुनावलाई हेरेर मतदाता नामावली अद्यावधिक, मतदानस्थल थप, स्थानान्तरणदेखि अरु व्यवस्थापकीय काम भइरहेका छन् । चुनावी माहोल क्रमशः बढ्दै गएको छ । मुलुक सङ्घीय शासन व्यवस्थामा गएपछिको दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको हो ।

स्थानीय तहको चुनाव भएको केही महिनामै हुन गइरहेको सङ्घ र प्रदेशको चुनावले जनसाधारणमा पनि चासो थपिएको छ । चुनाव जितेर सत्ताको बागडोर सम्हाल्न कुन दल आइपुग्ला भन्ने उत्सुकता बढ्दो छ । निर्वाचन आयोग र मातहात निकायका पदाधिकारीले चुनावी तयारी अघि बढेको जनाएका छन् । कास्कीका जिल्ला निर्वाचन अधिकारी होमनाथ पराजुलीले मतदाता नामावली अद्यावधिक र मतदानस्थल पुनरावलोकनको काम भइसकेको बताए ।

एक महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा दुई लाख ९० हजार मतदाता छन् । एक सय ५० मतदानस्थल र तीन सय ३६ मतदान केन्द्र रहेका छन् । यसपालि मतदान केन्द्र केही थप हुन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका सम्बन्धमा जिल्ला तहमा गर्नुपर्ने तयारीका काम निरन्तर भइरहेको निर्वाचन अधिकारी पराजुलीको भनाइ छ ।

गण्डकी प्रदेशका अरु जिल्लामा पनि निर्वाचनको तयारी अघि बढेको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले आयोगको निर्देशनानुसार काम भइरहेको बताए ।

बागलुङमा हाल एक लाख ९६ हजार चार सय ५७ मतदाता कायम छन् । आयोगबाट अद्यावद्यिक भएर अन्तिम नामावली आउँदा उक्त सङ्ख्या घट्ने प्रमुख रिजालले उल्लेख गरे । उनका अनुसार तीन मतदानस्थल थप र तीन वटाको स्थानान्तरणका लागि जिल्ला मतदानस्थल सिफारिस समितिले आयोगमा निर्णय पठाएको छ ।

आयोगबाट स्वीकृत भएर आउँदा नयाँ मतदानस्थलको सङ्ख्या एक सय छ पुग्नेछ । बागलुङमा यसअघि एक सय तीन मतदानस्थल र दुई सय तीस मतदान केन्द्र थिए ।

समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची दलले आयोगमा नै बुझाउने हुँदा उक्त कामको जिम्मेवारी जिल्ला तहका निर्वाचन कार्यालयलाई नपर्ने उनले बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि चुनावको व्यवस्थापकीय तयारीले अझ तीव्रता पाउने प्रमुख रिजालको भनाइ छ ।

मङ्सिर ४ मा हुने निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता हुनेछ । असोस २४ गते उम्मेदवार विरुद्ध उजुरी दिने, २४ र २५ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २६ गते उम्मेदवारी फिर्ताका लागि समय दिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

सरकारी संयन्त्र जसरी निर्वाचन सम्पन्न गर्न लागि परिरहेको छ, उसैगरी राजनीतिक दलहरु पनि चुनाव केन्द्रित बनेका छन् । प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रबाट सिफारिस भई प्रदेशमा आएका सम्भावित उम्मेदवारको नामावलीलाई सुझावसहित केन्द्रमा पठाएका छन् । चुनाव लक्षित भेला, प्रशिक्षण र प्रचारात्मक अभियान पनि सुरु हुन थालेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ११ : ०३ बजे

बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

महोत्तरी– महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि

जीवित सांस्कृतिको प्रतीक मजिपा लाखे

काठमाडौं – उपत्यकाकाको सांस्कृतिक जीवन बुझ्न हामीले केवल मन्दिर, जात्रा

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुँदै

कञ्चनपुर– सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता होः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर

निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन

मनाङ– प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा