चिनियाँ सभामुख लीले आज प्रधानमन्त्रीसहित शीर्ष नेतासँग भेट गर्दै « Khabarhub

चिनियाँ सभामुख लीले आज प्रधानमन्त्रीसहित शीर्ष नेतासँग भेट गर्दै


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन दिने भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्दैछन्।

सोमबार नेपाल भ्रमणका आएका लीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश निमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित शीर्ष नेतासँग भेटवार्ता गर्नेछन्।

नेता लीसँग राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले मंगलबार बिहान सवा ९ बजे संघीय संसद भवनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। लीले संसद भवनमै बिहान १० बजे प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष ओलीसँग भेट गर्नेछन्।

पौने ११ बजे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भेट गर्ने कार्यसूची सार्वजनिक भएको छ। लीले केही समय संसद भवनमा अन्य सांसदसँग संवाद गर्ने कार्यक्रम छ।

मंगलबार दिउँसो ३ बजे सभामुख लीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नेछन्। प्रधानमन्त्रीसँगको भेट अपरान्ह ४ बजे हुनेछ। बालुवाटारमा आधा घण्टा प्रधानमन्त्री देउवासँग वार्ता हुनेछ।

लीले यसअघि सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरिसकेका छन्। लीको स्वागतका लागि सभामुख सापकोटा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : २४ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि