खादामुक्त नगर घोषणा गर्ने तयारी | Khabarhub Khabarhub

 खादामुक्त नगर घोषणा गर्ने तयारी


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाले नगरलाई खादामुक्त नगर घोषणा गर्ने तयारी गरेको छ । मध्यबिन्दु नगरपालिकाको नगर कार्यपालिका  बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनैपनि कार्यक्रमलाई अतिथि सम्मानमा खादाको प्रयोगलाई निरुत्साहित गर्दै खादामुक्त नगर घोषणा गर्ने तयारी गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए  । 

नगरसभाबाट भएको निर्णयलाई कार्यान्वयन गराउनका लागि नगरपालिकाले नगरभित्रका सबै संघसंस्था, वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयलाई खादा प्रयोग नगर्न पत्राचार गरेको नगरप्रमुख अधिकारीले बताए । विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि प्रयोग हुँदै आएको खादा प्रयोग नगर्न तथा नगराउन नगरप्रमुख अधिकारीले सबैलाई आग्रह गरेका छन् ।

अतिथि सत्कारमा प्रयोग गरिने खादा अन्य कुनै पनि प्रयोजनमा काम नलाग्ने र त्यसको व्यवस्थापन गर्न पनि कठिन हुने भएकाले खादामुक्त नगर निर्माण गर्न लागिएको अधिकारीले बताए । 

विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि खादाको विकल्पमा फूल, माला तथा अन्य उपयोगी सामग्री प्रयोग गर्न सकिने पनि अधिकारीको भनाइ छ । 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : ४६ बजे

नेपाली सेनाले भन्यो- भ्रामक र झुटा सुचनामा विश्वास नगरौं

काठमाडौं- नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम

आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह 

पोखरा–  हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको

सामान्य बन्दै पोखराको जनजीवन

गण्डकी– जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्