रामचन्द्र पौडेलले दमौलीवासीसँग मागे माफी  « Khabarhub

रामचन्द्र पौडेलले दमौलीवासीसँग मागे माफी 


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीवासीसँग माफी मागेका छन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने भन्दै उनले माफी मागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मागी गर्दै नेता पौडेलले लेखेका छन् :

गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना सञ्चालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ ।

त्यसअघि गुणादी लगायत अन्य स्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या (अपुग) थियो । दमौली आसपास पानीको मूलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्ध पानी पाइरहेका छन् ।

मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु ।
विकासको क्रममा सकारात्मक ऊर्जा र सकारात्मक प्रगति हासिल गर्नुपर्ने छ र जनतालाई सेवा पुग्नुपर्ने हुन्छ । जनताको स्वास्थ्य र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो हैन र त्यसतर्फ सबैको ध्यान जाओस् ।

गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपूरक हुन्  र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन् । मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रहसमेत गर्दछु ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ३ : १० बजे

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी)

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र